प्रधानमन्त्रीले प्रचण्डलाई किन फोन गरे ?-Sutra News

प्रधानमन्त्रीले प्रचण्डलाई किन फोन गरे ?

शुक्रबार, ३ बैशाख २०७८

शुक्रबार, ३ बैशाख २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई फोन गरेका छन् ।



शुक्रबार दिउँसो प्रचण्डले ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन गर्न आयोजित सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्रीले फोन गरेको जानकारी गराएका हुन् ।

‘म बस्दै गर्दा प्रधानमन्त्री केपी ओलीको फोन आयो मलाई’ प्रचण्डले भने, ‘धेरै समयपछि ।’

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साविकको अवस्थामा फर्काइदिएपछि दुई नेताबीच भेटवार्ता भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट