स्वास्थ्य मापदण्ड अपनाएर आलोपालो विद्यालय सञ्चालन गर्न मन्त्रालयकाे आग्रह-Sutra News

स्वास्थ्य मापदण्ड अपनाएर आलोपालो विद्यालय सञ्चालन गर्न मन्त्रालयकाे आग्रह

शुक्रबार, ३ बैशाख २०७८

शुक्रबार, ३ बैशाख २०७८

काठमाडौं- कोभिड-१९ को जोखिम बढ्दै गएपनि शिक्षा मन्त्रालयलले विद्यालय बन्द नगर्ने आशयको विज्ञप्ति जारी गरेको छ ।



शुक्रबार कोभिड-१९ को त्रास बढेका बेला चौतर्फी दबाब आएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य मापदण्ड अपनाएर, आलोपालो वा सिफ्टमा भएपनि विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो ।

यद्यपी विद्यालय बन्द गर्नुपर्ने अवस्था आए स्थानीय तह, जिल्ला कोभिड-१९ संकट व्यवस्थाप केन्द्र (डिसीसीएमसी) सँग समन्वय गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । विद्यालयमा मास्क, स्यानिटाइजर, साबुन पानी लगायत स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

विद्यालय सञ्चालन गर्दा वा कोभिड १९ कारण बन्द विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन पनि शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको मन्त्रीस्तरीय निर्णयबाट जारी भएका तीन वटै बुँदामा विद्यालय बन्द गर्नुपर्ने शब्द उल्लेख छैन ।

कोभिड १९ को त्रास बढेर अभिभावक आफ्ना छोराछोरी विद्यालय पठाउन डराइरहेका बेला शिक्षा मन्त्रालयले ठोस निर्णय दिन नसक्दा नागरिक झन् अन्यौलमा परेका छन् ।

यद्यपी विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई छ । मन्त्रालयले यसअघि नै कोभिड-१९ संक्रमणको अवस्था हेरेर विद्यालय बन्द गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेको छ ।

केही स्थानीय तहले कोभिड-१९ को त्रास बढेपछि विद्यालय बन्द गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट