प्रेमको हल्ला चलिरहेको मोडलसँग कफिसमेत पिएको छैनः पल शाह-Sutra News

प्रेमको हल्ला चलिरहेको मोडलसँग कफिसमेत पिएको छैनः पल शाह

शुक्रबार, ३ बैशाख २०७८

शुक्रबार, ३ बैशाख २०७८

काठमाडौं- केही दिनअघि एक अनलाइन अन्तरर्वार्तामा अभिनेता पल शाहले प्रेमको हल्ला चलिरहेको मोडलसँग बाहिर भेटेर कफिसमेत नपिएको बताएका छन् ।



पल पछिल्लो समय जुन मोडलसँग अभिनय गर्छन्, ती मोडलसँग प्रेममा रहेको चर्चा सुनिन थालेको छ ।

विशेषत उनी मोडल गरिमा शर्माको प्रेममा रहेको बुझिएको छ । तर, यसलाई पलले सीधै नकार्दै आइरहेका छन् ।

दर्शकले मन पराउनु, प्रेमको हल्ला चल्नु कलाकारका लागि स्वभाविक रहेको बताउँछन् पल ।

आफूले काम गरेको एक्टरसँगको केमेष्ट्री मन पराएका कारण यस्ता हल्ला हुने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट