हलिउड डेब्युको तयारीमा बलिउडका ‘नम्बर वान’ कलाकारहरू-Sutra News

हलिउड डेब्युको तयारीमा बलिउडका ‘नम्बर वान’ कलाकारहरू

शुक्रबार, ३ बैशाख २०७८

शुक्रबार, ३ बैशाख २०७८

काठमाडौं- २०२१ मा बलिउडका केही चर्चित कलाकारहरू हलिउडमा डेब्यु गर्दैछन् । जसमा बलिउड तथा साउथका सुपरस्टार धनुष यही वर्ष हलीउड डेब्यु गर्दैछन् । ‘द ग्रे म्यान’ नामक फिल्ममार्फत धनुषले हलीउडको यात्रा तय गर्ने भएका हुन् ।



एक्शन थ्रिलर जनरको उक्त फिल्ममा धनुष पाउरफुल क्यारेक्टरमार्फत देखिँदै छन् ।

त्यस्तै अभिनेत्री हुमा कुरेशी पनि, ’आर्मी अँफ द डेड’ नामक हलिउड फिल्ममा देखिने भएकी छिन् । उक्त फिल्मको ट्रेलर समेत रिलिज भइसकेको छ भने, फिल्म एक्शन थ्रिलर फिल्म रहेको छ ।

यस्तै अर्का अभिनेता सुनिल शेट्टी पनि , कल सेन्टर नामक फिल्म मार्फत हलिउड डेब्यु गर्दे छन् । उक्त फिल्ममा सुनील सिख पुलिस अफिसरको रुपमा देखिनेछन् ।

बलिउडका ग्रिक गड ऋतिक रोशन पनि हलिउड डेब्युको तयारिमा रहेका छन् ।

यूएसको गेर्श एजेंन्सी नामक टयालेन्ट कम्पनीले ऋतिकलाई साइन गरेका छन् भने उनि यतिखेर स्क्रिप्ट पढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट