काठमाडाैं- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासका मत लिनका लागि प्रस्ताव पेश गरेका छन् ।
प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव पेश गर्दै मन्तव्य प्रस्तुत गरिरहेका छन् ।
शाहीले आफ्नो नेतृत्वको सरकारले प्रदेशको विकासका लागि गरिरहेका कामहरूको फेहरिस्त प्रस्तुत गरेका छन् ।
कर्णालीको विकासका लागि इमान्दारिताका साथ काम गरेको मुख्यमन्त्री शाहीको भनाइ छ ।