sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

चट्याङले निसीखोला जलविद्युत् आयोजनामा क्षति

चट्याङले निसीखोला जलविद्युत् आयोजनामा क्षति

सूत्र न्यूज

३ बैशाख २०७८
  • 154
    SHARES
  • चट्याङले निसीखोला जलविद्युत् आयोजनामा क्षति

    बलेवा- चट्याङले लघु जलविद्युत् आयोजनाको प्रसारण लाइनमा क्षति पुर्‍याएपछि बागलुङको निसीखोलामा विद्युत् आपूर्ति बन्द भएको छ ।

    आयोजनाको प्रसारण लाइनमा परेको चट्याङले ३०० घरको वाइरिङमा क्षति पुर्‍याएको छ । निसीखोला गाउँपालिका-२ का ३०० घरमा विद्युत् आपूर्ति बन्द भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए ।

    'प्रसारण लाइनमा परेको चट्याङले सबै घरको वाइरिङमा क्षति पुगेको छ', उनले भने, 'यसको पुनःनिर्माण तत्कालै सम्भव छैन ।'

    विद्युत् आपूर्ति बन्द भएपछि यहाँका सर्वसाधारणलाई सञ्चारको असुविधा भएको छ । चट्याङका कारणले वडा नं २ मा चार सामान्य घाइते भएका छन् भने केही पशुचौपायको मृत्यु भएको विश्वकर्माले बताए ।

    चट्याङले जलविद्युत् आयोजनामा पुर्‍याएको क्षतिको विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए । 

    images

    प्रकाशित :बैशाख ३, २०७८ शुक्रवार - १६:२५:०७

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.