कर्णालीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने-Sutra News

कर्णालीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने

शुक्रबार, ३ बैशाख २०७८

शुक्रबार, ३ बैशाख २०७८

काठमाडौं- नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्रीको पक्षमा मत दिने भएको छ । मुख्यमन्त्रीले विश्वासको मत मागिसकेपश्चात बोल्दै संसदीय दलका नेता जीवन शाहीले विश्वासको मतको पक्षमा उभिने बताएका हुन् ।



‘राजनीतिमा फाइदा र बेफाइदाको कुरा हुँदैन, हामी जो कमजोर छ त्यसलाई मत दिन्छौं,’ शाहीले भने, ‘हामीले मत दिँदा पनि मुख्यमन्त्रीको मत पुग्दैन हामीलाई थाह छ ।’

राप्रपाले भने कसको पक्षमा उभिने भन्ने निर्णय गरिसकेको छैन । कर्णाली प्रदेशसभामा राप्रपाका एकजना मात्र सांसद् छन् ।

सरकारमा नेपाली कांग्रेसका ६ जना सांसद् छन् । एमालेका १९ जना (सभामुख बाहेक) सांसद् छन् । कांग्रेससँगै राप्रपाले समेत साथ दिँदा पनि कर्णालीमा ठूलो दलका हिसाबले एमालेले नै सरकार गठन गर्न सक्छ ।

मुख्यमन्त्री शाहीले आफू नेतृत्वको सरकार टिकाईराख्न २१ आफ्नो पक्षमा २० मत ल्याउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट