दोस्रो लहर सुरु भएपछि एकैदिन थपिए नौ सय कोरोना संक्रमित-Sutra News

दोस्रो लहर सुरु भएपछि एकैदिन थपिए नौ सय कोरोना संक्रमित

शुक्रबार, ३ बैशाख २०७८

शुक्रबार, ३ बैशाख २०७८

काठमाडौं- काेराेना भाइरसकाे दाेस्राे लहर सुरु भएपछि आज एकैदिन नाै सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार १ सय ५८ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो ।

पिसिआर परीक्षणमा ८ सय ३६ र एन्टिजेन परीक्षणद्वारा ६४ जनामा कोरोना पुष्टि भएको हो । यस अवधिमा चारजनाको कोरोनाका कारण मृत्यु भएको छ ।

यस अवधिमा २ सय ८ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल कोरोना संक्रिय संक्रमितको संख्या पाँच हजार ८ जना रहेको छ ।

हालसम्म नेपालमा २ लाख ८२ हजार ८ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ लाख ७४ हजार ८ सय १२ जनामा कोरोना निको भएको छ ।

यसैगरी तीन हजार ७० जनाको कोरोना कारणले मृत्यु भएको छ । कोरोना निको हुने दर ९७.१ दशमलव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट