काठमाडौं- कर्णाली प्रदेशमा पार्टी ह्विपविपरित ‘फ्लोर क्रस’ गर्ने चार सांसदलाई कारबाही गर्न नेकपा एमालेको प्रदेश संसदीय दलले सिफारिस गरेको छ ।
एमालेका चार सांसदले पार्टी ह्विपविपरित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।
‘फ्लोर क्रस’ गर्ने सांसदलाई पार्टी सदस्यबाट समेत हटाउन केन्द्रलाई सिफारिस गरिएको एमाले कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावजंग शाहले बताए ।
शाहकाअनुसार संसदीय दलको बैठकले उनीहरुलाई सांसदबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
शाहीको पक्षमा एमालेका प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले मतदान गरेका थिए ।