कर्णालीमा माओवादीकै सरकार भएपछि बाबुराम उत्साहित, भन्छन्- ‘भष्मासुर’ को नृत्य छिट्टै समापन हुँदैछ-Sutra News

कर्णालीमा माओवादीकै सरकार भएपछि बाबुराम उत्साहित, भन्छन्- ‘भष्मासुर’ को नृत्य छिट्टै समापन हुँदैछ

शनिबार, ४ बैशाख २०७८

शनिबार, ४ बैशाख २०७८

काठमाडौं- कर्णाली प्रदेशसभामा पार्टीको ह्विपविपरीत एमालेका चारजना सांसदले माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि देशमा राजनीतिक तरंग पैदा भएको छ ।



यस विषयमा एमालेकै दुई खेमा तथा अन्य दलका नेताहरूबाट विभिन्न खालका प्रतिक्रिया व्यक्त भइरहेका छन् ।

यसै क्रममा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले कर्णाली प्रदेशको सन्देश बेलैमा बुझ्न सम्बन्धित पक्षलाई चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मूल्य मान्यताको राजनीतिलाई कानुनी भ्रम जालले छोप्ने दुष्प्रयास नगरौं । कुनै घटनाको मुख्य चालकतत्त्व बाह्य हैन, आन्तरिक हुन्छ भन्ने नभुलौं ।’

पूर्वप्रधानमन्त्री डा.भट्टराई अगाडि लेख्छन्, ‘सत्ताभन्दा सत्य बलवान् हुन्छ भन्ने नबिर्सौं । भष्मासुर र मोहिनीको नृत्य छिटै समापन हुँदैछ प्रतीक्षा गरौं !’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट