सर्वदलीय बैठकमा प्रधानमन्त्रीले गरे सभामुखको भूमिकामाथि कडा टिप्पणी-Sutra News

सर्वदलीय बैठकमा प्रधानमन्त्रीले गरे सभामुखको भूमिकामाथि कडा टिप्पणी

शनिबार, ४ बैशाख २०७८

शनिबार, ४ बैशाख २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सभामुख अग्नि सापकोटाले अराजक र अनैतिक भूमिका खेलिरहेको आरोप लगाएका छन् ।



बालुवाटारमा जारी सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सभामुखको भूमिका अराजक र अनैतिक रहेको आरोप लगाएका हुन् ।

बैठकमा सहभागी एक नेताकाअनुसार प्रधानमन्त्रीले सभामुख सापकोटाको भूमिकाबारे तीव्र असन्तुष्टि पोखेका हुन् ।

ती नेताले भने, ‘सभामुखको भूमिका अराजक र अनैतिक भयो, प्रधानमन्त्री ज्यूले प्रयोग गरेको शब्द यही हो । बाँकी कोभिडको समस्या कसरी समाधान गर्ने भन्नेबारे उहाँले राय माग्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट