sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

सरकार ढाल्न खोज्नेहरूविरुद्ध लागौं, हिसावकिताब चुनावमा गरौलाः ईश्वर पोखरेल

सरकार ढाल्न खोज्नेहरूविरुद्ध लागौं, हिसावकिताब चुनावमा गरौलाः ईश्वर पोखरेल

सूत्र न्यूज

४ बैशाख २०७८
  • 156
    SHARES
  • सरकार ढाल्न खोज्नेहरूविरुद्ध लागौं, हिसावकिताब चुनावमा गरौलाः ईश्वर पोखरेल

    काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको राजनीति गलत दिशामा गइरहेको भन्दै त्यसको प्रतिवादमा उत्रन आह्वान गरेका छन् ।

    शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकार ढाल्ने खेल भइरहेको भन्दै यस्ता गलत क्रियाकलापविरूद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताएका हुन् ।

    जनताले सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएको गलत कार्यविरूद्ध प्रतिवाद गर्नुपर्नेमा उनले जोड दिए ।

    निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो दुर्भाग्य हुने बताए ।

    सरकारले गरेका काम सबै सार्वजनिक भएको र सरकारका राम्रा काम र कमजोरीको हिसाबकिताब चुनावमा हुने भन्दै उनले सरकार ढाल्ने, जनतामा निराशा फैलाउने र अस्तव्यस्त सृजना गर्ने प्रयास भए राम्रो नहुने चेतावनी दिए ।

    उनले भने, ‘राजनीतिक अस्थिरता भइरह्यो भने सरकार ढाल्ने खेल भयो भने सरकार त ५ वर्षका लागि आएको हो निर्वाचित भएर । सधैं बस्छु भनेर हिजो निरंकुश राजाको बेलामा जस्तो त होइन । एउटा अवधिसम्म बस्ने हो । त्यो अवधिसम्म राम्रो काम गर्‍यो भने जनताले पुरस्कृत गर्छन् । राम्रो काम भएन भने जनताले दण्डित गर्छन् । यसलाई त हामीले मानेको हो नि । तर बीचमा नै अनेक खालको जालझेल गरेर सरकार ढाल्ने फेरि नयाँ बनाउने, नयाँ खेलोमेलो गर्ने काम सुरु भयो भने यसले दुर्भाग्य निम्त्याउँछ। विकास र निर्माणका काम पनि रोकिन्छन् । समाजमा भद्रगोल सृजना हुन्छ । अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरू, विसंगतिहरू देखापर्न खोज्दै छ । सरकार ढाल्ने, सरकार ढाल्ने खेलमा लाग्ने । राजनीतिक र सामाजिक क्षेत्रका नराम्रा कुराको विरोध गर्नु जरूरी छ । सही कुराको पक्षमा गलत कुराको विरूद्धमा हामीले खबरदारी गर्नुपर्छ । यो काम पनि हामीहरूबाट होस् भन्ने कुरा म अनुरोध गर्न चाहन्छु । जनतामा निरासा फैलाउने र अस्तव्यस्त सृजना गर्ने प्रयास भयो भने यो राम्रो हुँदैन ।’

    images

    प्रकाशित :बैशाख ४, २०७८ शनिवार - १३:४८:५५

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.