काठमाडौं- नेकपा एमालेका नेता तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले माओवादी नहुँदा पनि देश चलेको थियो र अब पनि चल्ने अभिव्यक्ति दिएका छन् ।
प्रधानमन्त्रीले शनिबार बोलाएको सर्वदलीय बैठकमा सो पार्टी सहभागी नभएको प्रसंगमा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
बैठकमा माओवादीलाई खबर गरिए पनि नआएको बताउँदै उनले भने, ‘उहाँहरू किन आउनु भएन त्यो थाहा भएन, उहाँहरू नहुँदा पनि देशचाहिँ चल्छ ।’
आजको सर्वदलीय बैठक माओवादीले वरिष्कार गरेको थियो ।