परासी- नवलपरासीको नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ ।
शनिबार साँझ नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा बुटवलबाट नारायणगढका लागि छुटेको ना५ख ७००० नम्बरको यात्रुबाहक बस अनियन्त्रित हुँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा ३१ जना घाइते भएकामा तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।
दुर्घटनामा इलामका धनु दर्लामी, मकवानपुर बकाया स्थायी घर भई हाल दाउन्ने स्थित बौद्ध गुम्बामा बस्ने ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका हिमलाल न्यौपाने रहेको गिरीले बताए ।
तीन जनाकै उपचारको क्रममा गएराति मृत्यु भएको उनले बताए । बसमा सवार ३१ जना घाइते भएका थिए , जसमध्ये ५ जनाको अवस्था गम्भीर थियो ।