काठमाडौं- अनामनगरमा एक महिलाको बिभत्स हत्या भएको छ ।
शनिवार साँझ करिब साढे सात बजेतिर ४८ वर्षीय रोशनी राजभण्डारीलाई फलामको रड प्रहार गरी हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
हत्या गरेको अभियोगमा प्रहरीले उनकै देवरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
‘फलामको रड प्रहार गरेर देवरले हत्या गरेको खुलेको छ । यस विषयमा थप अनुसन्धान गरिरहेका छौँ,’ महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी सुशील सिंह राठौंरले भने ।
देवर-भाउजूबीच पहिलेदेखि नै मनमुटाव भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।