काभ्रे- काभ्रेमा नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल पक्षको समानान्तर कमिटी गठन गरिएको छ ।
बनेपामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलाबाट टोकबहादुर वाइवाको अध्यक्षतामा २११ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको हो ।
साथै पालिकास्तरको समानान्तर कमिटीका साथै युवा, विद्यार्थी, किसानलगायतका संगठनको पनि जिल्ला कमिटीको घोषणा गरिएको खनाल-नेपाल समूहले जनाएको छ ।
भेलामा वरिष्ठ नेता माधव नेपाल, नेत्री अष्टलक्ष्मी शाक्यसहित कृष्णप्रसाद सापकोटा, विदुर सापकोटा लगायतको उपस्थिति रहेको थियो ।