संसद्लाई घेराबन्दी गर्ने प्रयास भयोः सभामुख सापकोटा-Sutra News

संसद्लाई घेराबन्दी गर्ने प्रयास भयोः सभामुख सापकोटा

आइतबार, ५ बैशाख २०७८

आइतबार, ५ बैशाख २०७८

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्लाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको बताएका छन् ।



सभामुख सापकोटाले प्रतिनिधिसभालाई जीवन्त, जनमुखी र चलायमान बनाउँदै लोकतान्त्रिक, मूल्य, मान्यता र आदर्शलाई स्थापित गर्ने सन्दर्भमा दृढताका साथ अघि बढ्न सुरु गर्दैगर्दा त्यहीँबाट घेराबन्दी सुरु भएको र अहिले पनि त्यो जारी रहेको बताए ।

नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित केन्द्रीय पदाधिकारीको आज काठमाडौंमा भएको पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले भन, ‘संसद्बारे अनेक खालका टिप्पणी भइरहेका छन् तर मलाई दृढ विश्वास छ कि धेरै मान्छेलाई केही समय र केही मान्छेलाई सधैंभरि भ्रममा पार्न सकिन्छ, सबै मान्छेलाई सधैँभरि भ्रममा पार्न सकिँदैन ।’

उनले महान् बहसका बीचबाट भयानक भ्रमको अन्त्य हुने र महान् सत्यको जन्म हुने उल्लेख गरे ।

मुलुकमा उत्पन्न टक्कर एउटा दृष्टिकोणमा आधारित भई आएको र जुन लोकतान्त्रिक मूल्यमान्यतालाई स्थापित गर्ने कुरासँग तथा नेपाली जनताले बनाएको संविधानलाई ठीक ढङ्गले रक्षा र विकास गर्नेसँग सम्बन्धित रहेको बताए ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट