काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दै छ ।
आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने बताइएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्दै छ ।
आजको बैठकबाट माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बताइएको छ ।