काठमाडौं । सबै सम्पत्ति जालसाजीपूर्वक हात पारेर ८४ वर्षीया सासू शोभा रिजाललाई बेवास्ता गर्ने कमलप्रसाद रेग्मी जेल चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौंको आदेशले उनलाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।
यसअघि उनकी श्रीमती सुष्मा रिजाल रेग्मीलाई पनि अदालतको आदेशमा जेल पठाइएको छ ।
दुवैलाई केन्द्रीय कारागार सुन्धारा लगिएको छ । प्रहरीले सुष्मालाई गत २३ चैतमा पक्राउ गरेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले कमलप्रसादलाई पुर्पक्षका लागि जेल चलान गरिएको थियो । नयाँ पत्रिका दैनिकबाट