काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।
एमालेको केन्द्रीय कमिटीलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रुपान्तर गरेपछि पहिलो बैठक बस्न लागेको हो । तर बैठकमा वरिष्ठ नेता माधव नेपाल समूह भने सहभागी नहुने भएको छ ।
बैठकमा राजनीतिक प्रतिवेदन, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, उपनिर्वाचनको तयारी र समसामयिक प्रस्तावलगायतबारे छलफल र निर्णय हुने नेताहरुले बताएका छन् ।
सोमबार नै कांग्रेसको केन्द्रीय समिति र माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ ।