काठमाडौं- सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।
बालुवाटारमा सोमबार बिहान बसको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार सोमबार दिउँसो १ बजेदेखि संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरिएको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
गएको पुस ५ गते विघटित प्रतिनिधिसभालाई फागुन ११ गते सर्वोच्च अदालतले पुनस्स्थापित गरेको थियो । सर्वोच्चको आदेश वमोजिम फागुन २३ गते संसद अधिवेशन सुरु भएको थियो ।