काठमाडौं- पूर्वस्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी निधन भएको छ । सुवालको उनकै निवास झोछेँमा ९३ वर्षको उमेरमा निधन भएको हो ।
प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक सुवाल लामो समय नेपाली कांग्रेसमा रही राजनीतिमा सक्रिय भएका थिए ।
पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिएका उनी कुनै बेला काठमाडौं नगरको दाेस्राे मेयरसमेत थिए ।
उनले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए । सुवालको श्रीमती, दुई छोरा र एक छोरी छन् ।
दिवङ्गत सुवालको आज टेकू दोभानमा अत्येष्टि गरिने परिवारजनले जानकारी दिएको छ ।