फिल्म हल फेरि बन्द-Sutra News

फिल्म हल फेरि बन्द

सोमबार, ६ बैशाख २०७८

सोमबार, ६ बैशाख २०७८

काठमाडौं- फिल्म हल फेरि बन्द हुने भएको छ । कोरोना संक्रमण बढेसँगै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले फिल्म हल फेरि बन्द गर्ने निर्णय गरेको हो ।



गत वर्षको फागुनमा कोरोनाको पहिलो चरणको कहर देखिएसँगै फिल्म हल बन्द भएका थिए । कोरोनाको संक्रमण कम हुँदै गर्दा सबै क्षेत्र खुले पनि सरकारले फिल्म हल भने खोलेको थिएन ।

फिल्म हल नखोलेको विषयमा फिल्मकर्मीले सरकारलाई लक्षित गर्दै बिभिन्न चरणको आन्दोलन समेत गरेका थिए ।

उक्त आन्दोलनको कारण आधा दर्शक राख्ने, स्वास्थ्य मापदण्ड पालन गर्ने, हल बेलाबेलामा सेनेटाइज गर्नेलगायत सहमतीमा सरकारले केही महिना पहिले मात्र फिल्म हल खोल्न अनुमति दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट