सार्वजनिक स्थानमा पाँचजनाभन्दा बढी भेला भए कडा कारबाही गरिने-Sutra News

सार्वजनिक स्थानमा पाँचजनाभन्दा बढी भेला भए कडा कारबाही गरिने

सोमबार, ६ बैशाख २०७८

सोमबार, ६ बैशाख २०७८

काठमाडौं- सरकारले सार्जवनिक स्थानमा पाँचजनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।



सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ मा सार्वजनिक स्थानमा पाँचजना भन्दा बढी भेला हुन नपाउने उल्लेख छ ।

यो आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरू बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ । सरकारको नियमविपरित गतिविधि गरे कडा कारबाही गरिने बताइएको छ । 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट