काठमाडाैं- नक्कली प्रमाणपत्र पेश गर्ने ७ जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली प्रमाण पत्र पेश गरेर मेडिकल काउन्सिलको प्रमाणपत्र लिएका उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चौरजहारी अस्पताल रुकुम पश्चिमका दीपेन्द्र गौतम लगायत छन् । उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेर काठमाडौं ल्याइएको छ ।
सीआईबीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।