काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको टाङमुनि छिरेको आरोप लगाएका छन् । नेविसंघको ५२ औं स्थापना दिवसका अवसरमा काठमाडौंमा नेविसंघ केन्द्रीय समितिले गरेको कार्यक्रममा देउवाले यस्तो आरोप लगाएका हुन् ।
‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली आज इन्डियाको टुमशरणम् भइसक्यो,’ देउवाले भने, ‘भारतविरोधी नाराबाट जितेको ओली अहिले भारतको टाङमुनि छिरिसक्यो, कहाँ छ त्यो राष्ट्रवाद ? त्यसकारण यिनीहरू राष्ट्रवादी होइनन्, अवसरवादी हुन् ।’
नेकपा माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता नगरेको उनको भनाइ छ । ‘प्रचण्डले समर्थन फिर्ता लिएका छैनन् । ओलीलाई जसपाले साथ दिन खोजिरहेको छ,’ उनले भने ।