पछिल्लो २४ घण्टामा थपिए १२८१ कोरोना संक्रमित, आठको मृत्यु-Sutra News

पछिल्लो २४ घण्टामा थपिए १२८१ कोरोना संक्रमित, आठको मृत्यु

सोमबार, ६ बैशाख २०७८

सोमबार, ६ बैशाख २०७८

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात हजार १ नमूनाको पिसिआर परीक्षण र ५४७ जनाको एन्टिजेन परीक्षण भएको थियो ।

यसमध्ये पिसिआर विधिबाट एक हजार २ सय २७ जना र एन्टिजेन विधिबाट ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा २५५ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ७५ हजार ५५५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै देशभर ८१ जना क्वारेन्टाइनमा रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ९१ जना पुगेको छ ।

यससँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट