माधव नेपालसहित २० नेतालाई कारबाही गर्ने एमाले बैठककाे निर्णय-Sutra News

माधव नेपालसहित २० नेतालाई कारबाही गर्ने एमाले बैठककाे निर्णय

सोमबार, ६ बैशाख २०७८

सोमबार, ६ बैशाख २०७८

आज २०७८ वैशाख ६ गते सोमबारको राशिफल आज २०७८ वैशाख ६ गते सोमबारको राशिफल काठमाडौं- अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको नेकपा एमालेको बैठकले थप नेताहरूमाथि कारबाही गर्ने निर्णय गरेको छ ।



साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकले यसअघि नै कारबाहीमा परेका पार्टीका वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई थप कारबाही गर्ने र अन्य १६ जना नेतालाई पनि कारबाही गर्ने भएको हो ।

यी चारैजना नेताले यसअघि दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बित गरिसकिएको छ ।

उनीहरूबाहेक प्रकाश ज्वालासहित कणाली प्रदेशका पाँचजना नेताहरू र अन्य नेताहरूसमेत गरी २० जना नेतालाई दुई दिनको अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

ती सदस्यकाअनुसार उनीहरूबाट स्पष्टीकरण आएपछि वैशाख १० गते बस्ने बैठकबाट कारबाही गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट