वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ परिवारका सबै सदस्यलाई कोरोना संक्रमण-Sutra News

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ परिवारका सबै सदस्यलाई कोरोना संक्रमण

सोमबार, ६ बैशाख २०७८

सोमबार, ६ बैशाख २०७८

काठमाडाैं- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको परिवारलाई नै कोरोना संक्रमण भएको छ । आफूसहित परिवारका पाँचजनालाई कोरोना संक्रमण भएकाे कलाकार श्रेष्ठले साेमबार जानकारी दिएका छन् ।



श्रेष्ठले आफूसहित छोरा, छोरी, बुहारी र नातिनीसहित पाँचैजनालाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका छन् । कोरोना भइसकेपछि सास्ती हुने भन्दै खेलाँची नगर्न उनले अपिल गरेका छन् ।

‘कोरोना भइसकेपछि सास्ती ने रहेछु, उनले फेसबुकमा भनेका छन्, ‘त्यसैले यो भाइरसलाई लिएर खेलाँची नगर्नु होला । जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट