विदेशबाट आउनेहरू अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने-Sutra News

विदेशबाट आउनेहरू अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

सोमबार, ६ बैशाख २०७८

सोमबार, ६ बैशाख २०७८

काठमाडौं– विदेशबाट नेपाल आउनेहरूले १० दिन होमक्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने भएको छ ।



सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले विदेशबाट आउनेहरू अनिवार्य १० दिन होम-क्वारेन्टिनमा बस्नुपर्ने बताएका हुन् ।

त्यसरी विदेशबाट आएकाहरूले पिसिआर परीक्षण गराई नतिजा नआएसम्म बाहिर हिँडडुल समेत नगर्न भनिएको छ ।

‘विदेशबाट नेपालमा आउँदा र निकट सम्पर्कमा कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भएता पनि कम्तीमा १० दिन होम-क्वारेन्टिन अनिवार्य बस्ने,’ मन्त्री गुरूङले भने,’पिसिआर परीक्षणका लागि स्वाब दिएपछि नतिजा नआएसम्म बाहिर हिँडडुल नगर्ने ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट