सरकारले तोक्यो कोरोना संक्रमितको उपचार शुल्क, भेन्टिलेटरसहितको उपचारका लागि दैनिक १५ हजार-Sutra News

सरकारले तोक्यो कोरोना संक्रमितको उपचार शुल्क, भेन्टिलेटरसहितको उपचारका लागि दैनिक १५ हजार

सोमबार, ६ बैशाख २०७८

सोमबार, ६ बैशाख २०७८

काठमाडौं- सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि आईसीयु तथा आइसोलेसनको शुल्क निर्धारण गरेको छ ।



मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको उपचारका लागि सूचीकृत अस्पतालहरुमा कोरोना संक्रमितको उपचारका लागि शुल्क तोकेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पार्वत गुरुङले सरकारले संस्थागत आइसोलेशन शुल्क दैनिक दुई हजार रुपैयाँ, अस्पतालको आइसोलेशन शुल्क दैनिक ३५ सय रुपैयाँ, मध्यम जटिल केशको उपचारका लागि दैनिक ७ हजार रुपैयाँ र गम्भीर बिरामीको आइसीयुमा भेन्टिलेटरसहितको उपचारका लागि दैनिक १५ हजार रुपैयाँ शुल्क तोकिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट