आजदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान-Sutra News

आजदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान

मंगलबार, ७ बैशाख २०७८

मंगलबार, ७ बैशाख २०७८

काठमाडाैं – कोरोनाविरुद्ध खोप अभियानको दोस्रो चरण आजदेखि सुरु भएको छ। 



पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकालाई आज (मंगलबार)देखि दोस्रो डोज लगाइँदैछ। खोप अभियान वैशाख ११ गतेसम्म जारी रहनेछ।

गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकमा र वित्तीय संस्थाका कर्मचारीलाई लगायतलाई दोस्रो मात्रा लगाउने सरकारको तयारी छ।

खोप अभियान देशभर सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सरकारले प्रदेश १, लुम्बिनीका केही ठाउँमा खोपको दोस्रो मात्रा लगाइसकेको छ। 

पहिलो चरणमा देशभर ४ लाख ३८ हजार ८ सय ७९ जनाले कोरोनाविरुद्ध कोभिशिल्ड खोप लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट