काठमाडाैं – अमेरिकी अन्तरिक्ष संस्था (नासा) को हेलिकप्टरलाई मंगल ग्रहमा पुगेको छ।
राइट दाजुभाइले पहिलो वायुयान उडाएको ११७ वर्षपछि मंगल ग्रहमा नासाको हेलिकप्टर पुगेको उल्लेख गर्दै नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सन्जालमार्फत खुसी व्यक्त गरेको छ।
नासाको आधिकारिक सामाजिक संजालमा मंगल ग्रह पुगेको ‘लघु हेलिकप्टर’को तस्बिर र भिडियो सार्वजनिक भएको छ। रकेटमार्फत मंगल ग्रह पुर्याइएको यो लघु हेलिकप्टर ३० सेकेन्ड उडान भरेर ३ मिटर तीन मिटर पर पुगेको अमेरिकी दूतावासले उल्लेख गरेको हो।
मंगलग्रहमा यो हेलिकोप्टर उडान पहिलोपल्ट हो। पृथ्वीको वायुमण्डलको १५ प्रतिशतमात्रै मात्रै हावा भएको मंगल ग्रहमा हेलिकप्टर उडाउनु निकै जोखिमपूर्ण कार्य भएको बिबिसीले बताएको छ।
Up, up, and away! what a historic day, the #MarsHelicopter just flew on Mars! राइट दाजुभाइले पृथ्वीमा हेलिकप्टर उडाएको…
Posted by U.S. Embassy, Nepal on Monday, April 19, 2021