काठमाडाैं – भगवान् रामसीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् पूजाआजा गरी चितवन पठाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र पत्नी राधिका शाक्यले ती मूर्ति चितवन लैजानुअघि आज मंगलबार पूजाआजा गरेका हुन्।
चितवनको अयोध्यापुरीमा रामसीता, लक्ष्मण र हनुमानको मूर्ति राख्ने तयारी गत वर्षदेखि नै प्रधानमन्त्री ओलीले गरेका थिए। भगवान् रामसीताको जन्म नेपालको ठोरीमा भएको भनी प्रधानमन्त्रीले बताएपछि अन्तर्राष्ट्रियस्तरमा यसले चर्चा पाएको हो।
मूर्तिलाई आजै रथ यात्रा गरेर चितवन पठाइएको छ।