काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालपक्षका सांसदलाई कारबाही गर्ने चेतावनी दिएलगत्तै नेपाल र वरिष्ठ नेता झलनाथ खनालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।
नयाँ वानेश्वरस्थित अर्याल होटलमा आफू पक्षीय सांसदहरुसँगको बैठकपछि खनाल र नेपाल बुढानिलकण्ठस्थित निवास पुगेर देउवासँग छलफल गरेका हुन् ।
खनाल र नेपालले पार्टी अध्यक्ष ओलीले सांसदलाई कारबाही गर्ने चेतावनी दिएको र आफूहरुको बैठकमा सांसदले सो चेतावनीको डटेर सामना गर्ने निर्णय भएको देउवालाई जानकारी गराएका छन् ।
अध्यक्ष ओलीले सांसदलाई गर्नसक्ने कारबाही र यसको कानुनी निरुपण खोज्नेबारे देउवासँग खनाल-नेपालले छलफल गरेको स्रोतले बताएको छ ।