काठमाडाै– प्रदेश २ सरकारले राम नवमीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हिजै विज्ञप्ति प्रकाशित गरी रामनवमीका अवसरमा सार्वजनिक बिदा दिने जनाएको थियो।
प्रदेश २ को जनकपुरधाममा रहेको जानकी मन्दिरमा बडा दशैं‚ चैते दशैं र विवाह पञ्चमीमा विशेष पूजा र मेला लाग्ने गर्छ। यी अवसरमा देशभित्र र भारतबाट समेत ठूलो संख्यामा तीर्थयात्री आउँछन्।