दिल्लीले मुम्बईलाई ६ विकेटले हरायो, उक्लियो दोस्रो स्थानमा-Sutra News

दिल्लीले मुम्बईलाई ६ विकेटले हरायो, उक्लियो दोस्रो स्थानमा

बुधबार, ८ बैशाख २०७८

बुधबार, ८ बैशाख २०७८

काठमाडाैं – इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई ६ विकेटले हराएको छ।



यो जितसँगै दिल्ली ६ अंकसहित तालिकाको दोस्रो स्थानमा पु‍गेको छ। साथै अघिल्लो सिजन फाइनलमा मुम्बईसँग हारेको बदलासमेत लिएको छ।

टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो। यो लक्ष्य दिल्लीले १९.१ ओभरमै भेट्टायो। मुम्बईका रोहित शर्माले सर्वाधिक ४४ रन बनाए पनि अन्य कुनै पनि ब्याटसम्यानले ३० रन कटाउन सकेनन्। 

दिल्लीलाई जिताउन अमित शर्मा नायक बने। उनले ४ विकेट लिए। त्यस्तै शिखर धवनले ४५ रन बनाए। मुम्बईले ४ खेलमा जितहार बराबरी गरेको छ। दिल्लीले भने ४ मा ३ खेल जित्दै दोस्रो स्थानमा छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट