काठमाडाैं – एक बराबर पाँच भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्य पूर्वप्रधानमन्त्री भन्दा शक्तिशाली भएका ट्विट गरेका छन्।
साथै थापाले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल, पुष्पकमल दाहाल, झलनाथ खनाल, बाबुराम भट्टराईको संयुक्त मोर्चा अस्थिरता, मूल्यहीनता, समीकरण र छलछामको पर्याय बन्न लालायित भएको टिप्पणी गरेका छन्।
हिजो राति ट्विट गर्दै थापाले पूर्वप्रधानमन्त्रीहरूको मोर्चा जनादेशविपरीतको गठ भएको पनि लेखेका छन्।
— Surya Thapa (@ThapajiSurya) April 20, 2021