घरमै आइसोलेसन बसेका कोरोना संक्रमितको मृत्यु-Sutra News

घरमै आइसोलेसन बसेका कोरोना संक्रमितको मृत्यु

बुधबार, ८ बैशाख २०७८

बुधबार, ८ बैशाख २०७८

मकवानपुर – हेटौंडामा कोरोना संक्रमित एक पुरुषको घरमै मृत्यु भएको छ।



हेटौंडा–४ कर्राका ७४ वर्षका पुरुषमा सोमबार कोरोना संक्रमण देखिएको थियो। सामान्य ज्वरो आएपछि उपचारका लागि अस्पताल लगिएपछि उनमा संक्रमण पुष्टि भएको थियो।

उनको गएराति मृत्यु भएको हो। अरुलाई सङ्क्रण नहोस् भनी सुरक्षित रुपमा कोठामा उनी एक्लै बसेका थिए। उनमा कुनै पनि प्रकारको दीर्घ रोग नदेखिएको परिवारले जनाएका छन्। कोरोना सङ्क्रमणको दोस्रो लहरपछि मकवानपुरमा मृत्यु भएको यो पहिलो घटना भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट