सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा-Sutra News

सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा

बुधबार, ८ बैशाख २०७८

बुधबार, ८ बैशाख २०७८

काठमाडाैैं : सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन। 



प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा उक्त मुद्दाको पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको हो। यसअघि पनि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो।

संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो। सशस्त्र द्वन्द्वका बेला काभ्रेका अर्जुन लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो। हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै अर्जुनकी श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट