पोखरा, ८ वैशाख । पछिल्लो २४ घण्टामा कास्कीको पोखरामा ७८ जना सहित गण्डकी प्रदेशमा १ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीको पोखरा महानगरपालिकामा ७८ जनामा संक्रमण पुष्टि भएको छ भने माछापुच्छ«े गाउँपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै नयाँ सक्रमितमा बागलुङका ४२ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी स्याङजाका ६ जना, तनहुँका ४ जना , पर्वतका ३ जना र गोखराका १ जना रहेकाछन् । योसँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ६ पुगेको छ । हालसम्म गण्डकी प्रदेशभर कोरोना भाइरर संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ४ सय ९२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पोखरामा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पोखरा २९ की ५४ वर्षीया एक महिला र पोखरा ३३ का ८४ वर्षीय एक पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
महिलाको चरक मेमोरियल अस्पताल पोखरा र पुरुषको् कोरोना संक्रामक अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ११ पुगेको छ ।