गण्डकीमा थपिए १३४ कोरोना संक्रमित-Sutra News

गण्डकीमा थपिए १३४ कोरोना संक्रमित

बुधबार, ८ बैशाख २०७८

बुधबार, ८ बैशाख २०७८

पोखरा- पछिल्लो २४ घण्टामा पोखरामा ७८ जनासहित गण्डकी प्रदेशमा १ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार कास्कीको पोखरा महानगरपालिकामा ७८ जनामा संक्रमण पुष्टि भएको छ भने माछापुच्छ्रे गाउँपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै नयाँ संक्रमितमा बागलुङका ४२ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी स्याङजाका ६ जना, तनहुँका ४ जना, पर्वतका ३ जना र गोखराका १ जना रहेकाछन् ।

योसँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ६ पुगेको छ । हालसम्म गण्डकी प्रदेशभर कोरोना भाइरर संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ४ सय ९२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पोखरामा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पोखरा २९ की ५४ वर्षीया एक महिला र पोखरा ३३ का ८४ वर्षीय एक पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

महिलाको चरक मेमोरियल अस्पताल पोखरा र पुरुषको कोरोना संक्रामक अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट