काठमाडौं- नेकपा एमाले खनाल-नेपाल पक्षका नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
बुधबार बालुवाटामा अध्यक्ष ओलीलाई भेटेर भट्टराईले पार्टीलाई एकताबद्ध गराएर लैजान आग्रह गरेका हुन् ।
भट्टराईसहित २७ सांसदलाई ओलीले मंगलबार मात्रै दुई दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधेका थिए ।
माधव नेपाल समूहले यो स्पष्टीकरणलाई पार्टी विभाजनको प्रयास गरिएको निष्कर्ष निकालेका छन् ।
प्रतिनिधिसभा पुनर्थापनापछि नेकपा एमालेभित्र दुई धार देखिएको छ ।