नेपालमा कोरोना ग्राफ उकालो, एकैदिन दुई हजार ३ सय ५१ जना संक्रमित-Sutra News

नेपालमा कोरोना ग्राफ उकालो, एकैदिन दुई हजार ३ सय ५१ जना संक्रमित

बुधबार, ८ बैशाख २०७८

बुधबार, ८ बैशाख २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा दुई हजार ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४४ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो ।

यस अवधिमा दुई सय ८७ जना संक्रमित निको भएका छन् । कोरोना सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ८२ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढेसँगै नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट