भुटानी क्लब ड्रुक एफसीलाई ‘नयाँ बर्ष कप २०७८’ को उपाधि-Sutra News

भुटानी क्लब ड्रुक एफसीलाई ‘नयाँ बर्ष कप २०७८’ को उपाधि

बुधबार, ८ बैशाख २०७८

बुधबार, ८ बैशाख २०७८

क्यानवेरा, अष्ट्रेलिया- नयाँ बर्ष २०७८ को उपलक्ष्यमा ‘क्यानवेरा नेप्लिज फुटबल क्लब (सि.एन.एफ.सि)” को आयोजनामा ‘एस एण्ड एस नेपाली नयाँ बर्ष कप २०७८’ फुटबल प्रतियोगिता क्यानवेराको एयनयु फुटबल मैदानमा सम्पन्न भएको छ ।



एस एण्ड एस एकाउन्टिङ एण्ड विजनेश सर्भिसेज मुख्य प्रायोजक रहेको उक्त फुटबल खेलमा भुटानी क्लब ड्रुक एफसीले रोयल नेपाल क्यानवेरा एफसीलाई हराउँदै प्रतियोगितामा जीत हासिल गरेको हो ।

विजय हासिल गर्ने क्लवले नगद अष्ट्रेलियन डलर एक हजार सहित शिल्ड तथा मेडल प्राप्त गरेको छ भने उपविजेताले नगद अष्ट्रेलियन डलर पाँच सय सहित शिल्ड तथा मेडल प्राप्त गरेको छ ।

8M2A2895.jpg

लिग कम नकआउटको आधारमा खेलाईएको फुटबल खेलमा निष्पक्ष खेल खेल्ने टीम ए.सी.एच.ओ.एस एफसी भएको थियो भने प्रतियोगिता अवधिभरका आधारमा उत्कृष्ट डिफेन्डर सि.एन.एफ.सिका निराजन प्रधान घोषित भएका थिए ।

त्यस्तै उत्कृष्ट खेलाडी ड्रुक एफसी बाट जाम्यागं, उत्कृष्ट गोल रक्षक ड्रुक एफसीबाटै सोनाम दोर्जे भ‌एका थिए भने पेनाङ्ग दोर्जी ६ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए ।

216A8348.jpg

प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि अष्ट्रेलिया स्थित नेपाली राजदुताबासकी डेप्युटी चिफ मिसन दु्रपदा सापकोटाको प्रमुख आथित्यतामा सम्पन्न खेलको अध्यक्षता आयोजक क्लबका अध्यक्ष सुरज पौडेलले गरेका थिए ।

कार्यक्रममा प्राविधिक तथा व्यवस्थापनको भूमिका क्लबका पूर्व अध्यक्ष आशिष सापकोटाले गरेका थियो भने कार्यक्रम अवधिभर स्वयंसेवक भुमिका क्लवका जनसम्पर्क सदस्य प्रल्हाद अर्याल, सदस्य काशी भुसाल, सुदिप सुवेदी, राम कृष्ण कार्की, राजु अधिकारी (आईसिसी सदस्य अष्ट्रेलिया), सुलभ पोख्रेल, जिवन घिमीरे, विरेन्द्र थापा लगायतले निर्वाह गरेका थिए ।

आलोक भट्ट चिकित्सा अधिकारी रहेको खेलमा मनोज संजेल, भवीन्द्र तिलीजा, विर पोडार, दीपक लीम्वु लगायत सहायक रेफ्रीको रुपमा रहेका थिए । कार्यक्रमको अन्य व्यवस्थापनको भूमिका क्लबका सचिव किरण अधिकारी र पूर्व अध्यक्ष नविन दाहालले गरेका थिए ।

यस एकदिवसीय खेलको मुख्य प्रायोजकहरू एस एण्ड एस एकाउन्टिङ एण्ड विजनेश सर्भिसेज, राइट एण्ड एसोसिएट्स, छोमोलुङ्मा नेपाली कुजिन, सक्सेस एजुकेशन एण्ड भिजा सर्भिसेज, तथा बेटर चोइस मोर्ट्गेज एण्ड फाइनान्स भिये भने सह-प्रायोजकहरू हिमालअयन विजनेश ग्रुप, कोकुन एजुकेशन एण्ड माइग्रेसन, द मुस्ताङ, डिस्काउन्ट ग्रोसरी, मल्टी डाइनामिक रियल स्टेट क्यानवेरा, जेबी एजुकेशन एण्ड माइग्रेसन तथा नेपालीज ह्यान्डिम्यान इन क्यानवेरा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट