खनाल-नेपाल समूह किन गए अदालत ?-Sutra News

खनाल-नेपाल समूह किन गए अदालत ?

बुधबार, ८ बैशाख २०७८

बुधबार, ८ बैशाख २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधव नेपालसहितका नेताहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्न लागेको कारबाहीविरुद्ध सर्वोच्च अदालतमा रिट पेश गरेका छन् ।



बुधबार अदालत पुगेर नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले रिट पेश गरेका हुन् ।

वैशाख १० गते नेकपा एमालेको केन्द्रीय कमिटीले नेपालसहितका नेतालाई कारबाही गर्ने सूचना प्राप्त भएको भएपछि उनीहरूले त्यसलाई रोक्न रिट निवेदन दर्ता प्रक्रियामा गएका हुन् ।

वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले दिएको जानकारीअनुसार संसदीय दलले स्पष्टीकरण सोधी कारबाही गर्ने मनसाय देखाएको त्यो रोकी पाउँ भनेर रिट पेश भएको छ । भट्टराईले रिट दर्ता प्रक्रियामा रहेको जानकारी दिए ।

केन्द्रीय कमिटी खारेज गरेर महाधिवेशन कमिटी बनाउने, आफूहरूमाथि कारबाही चलाउने अध्यक्ष ओलीको निर्णय पार्टी विधान र कानुनको समेत विपरित भएको भन्दै उनीहरू सर्वोच्च गएका हुन् ।

नेपालसहितका नेताले संसदीय दलका नेता ओली, पार्टी महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर रिट पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट