काठमाडौं- लामो समयपछि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच आज साँझ राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो ।
दुई नेताबीच पार्टीभित्र देखिएका अन्तरसंघर्ष व्यवस्थापन गर्ने सम्बन्धमा गम्भीर विचार विमर्श भएको भेटवार्तामा सहभागी एक नेताले जानकारी दिए ।
ती नेताका भनाइमा, पार्टीभित्रको विवाद अन्त्य गरी मिलेर अगाडि बढ्ने सहमति भएको छ ।
गत पुस ५ गते प्रतिधिसभा विघटनपश्चात उनीहरूबीच संवाद हुन सकेको थिएन ।
यसअघि स्थायी समिति सदस्य योगेश भट्टराईले प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग भेट गरी पार्टीभित्रका विवाद अन्त्यका लागि विशेष पहल लिन आग्रह गरेका थिए ।