अवकाशप्राप्त सेनालाई कृषिमा ‘ब्याचलर इन एग्रिकल्चर साइन्स’ को तालिम-Sutra News

अवकाशप्राप्त सेनालाई कृषिमा ‘ब्याचलर इन एग्रिकल्चर साइन्स’ को तालिम

बिहिबार, ९ बैशाख २०७८

बिहिबार, ९ बैशाख २०७८

काठमाडाैं – नेपाली सेनाले अवकाश हुन लागेका तथा अवकाशप्राप्त सेनाका लागि कृषिमा स्नातक (ब्याचलर इन एग्रिकल्चर साइन्स) स्तरको तालिम दिने भएको छ। उक्त तालिम नेपाली सेनाले सञ्चालन गरिहेको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमार्फत गर्ने भएको छ।



सो स्तरको तालिमका लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता लिन पत्राचार गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्भभ पौडेलले जानकारी दिए।

लमजुङको सुन्दरबजार नगरपालिका, सिउँडीबारमा २०७६ भदौदेखि सञ्चालमा आएको सो तालिम केन्द्रमा नेपाली सेनाबाट अवकाश प्राप्त हुन लागेका र भइसकेका सेनालाई कृषि तालिम दिइँदै आएको छ। सो तालिम केन्द्र दुई सय रोपनीमा फैलिएको छ।

पहिलो चरणमा २४ जनाले बाली विज्ञान र १६ जनाले भेटेरिनरीतर्फको तालिम लिइसकेको र हाल ८० जनाले तालिम लिरहेको प्रवक्ता पौडेलले जानकारी दिएका खबर आजको गोरखापत्रमा छापिएको छ।

ती ८० जनामध्ये ७६ जना बहालवाला र चार जना अवकाशप्राप्त सैनिक रहेका पनि उनले जानकारी दिए। तालिम लिइसकेपछि रोजगारी गर्न चाहनेका लागि नेपाली सेनाले सहुलियत दरमा ऋण उपलब्ध गराउने व्यवस्था पनि गरेको छ। त्यसका लागि नेपाल इन्भेस्टमेन्ट बैङ्कसँग नेपाली सेनाले सम्झौता पनि गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट