काठमाडाैं – दुवै टिमका एक/एक जनाले रेड कार्ड पाएको खेलमा म्यानचेस्टर सिटीले एस्टोन भिल्लामाथि संघर्षपूर्ण जित निकालेको छ।
घरेलु मैदानमा भएको खेलमा भिल्लाले खेलको सुरु मिनेटमै गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए। तर फोडेनले २२ मिनेटमा गोल गर्दै सिटीलाई बराबरीमा ल्याएका थिए। फेरि खेलको ४० औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए।यही अग्रताले सिटीले खेल जित्यो।
तर ४४ मिनेटमा विपक्षीलाई खराब ट्याकल गरेका कारण सिटीका जोन स्टुनिसलाई रेफ्रीले भिआरको सहायतमा रातो कार्ड दिए।
खेलको दोस्रो हाफमा, ५७ मिनेटमा सिटीका फोडेनलाई लडाएपछि भिल्लाका म्याटी क्यासलाई रेफ्रीले पहेंलोसँगै रातो कार्ड देखाएका थिए।
सिटी बलियो अंकसाथ लिगको शीर्ष स्थानमा छ। ३३ खेलबाट उसको ७७ अंक छ भने ११ स्थानबाट उक्लिन सकेन। दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडभन्दा सिटी ११ अंकले माथि छ।