काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टी स्थापना तथा लेनिन जयन्तीका अवसरमा नेकपा एमालेले बल्खुमा पार्टी कार्यालय शिलान्यास गरेको छ।
मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बिहान भवन शिलान्यास गरेका हुन्। १३ रोपनी क्षेत्रफलमा कार्यालय बनाइँदै छ।
२०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान भवनलाई पार्टी कार्यालय बनाएको छ।
बल्खुमा भवन तयार नहुन्जेल थापाथलीमा भवनमा एमालेको कार्यालय रहनेछ। थापाथलीस्थित कार्यालय पनि आजै उद्घाटन गरिने एमालेले जनाएको छ।